काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको दाबी गरेका छन् ।
सोमबार एमाले निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूहरु नयाँ ढंगले जान खोजिरहेको बताएका हुन् ।
ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ अगाडि बढ्ने उद्घोष गरे। निर्णायक शक्ति एमाले भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने ओलीको दाबी छ ।

देशमा परिवर्तन आवश्यक रहेको उनको भनाई छ । उनले पुँजीवाद र समाजवादको लडाईं चलिरहेकाले समाजवादले र श्रमिकको जीत हुनुपर्ने धारणा राखे। उनले अहिले युवा उद्यमशीलता नभई रोजगारी खोज्दै हिँडिरहेको बताए। उनले युवालाई उद्यमशीलतातर्फ लैजानु आवश्यकता रहेको बताए ।




















