काठमाडौं । नयाँ गठबन्धनका नेताहरुको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको हो ।
दलहरुको आन्तरिक छलफल पछि बसेको वैठकमा मन्त्री, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष र प्रदेशका मुख्यमन्त्रीहरुको बारेमा पनि सहमति गर्ने बारे छलफल भइरहेको छ ।
प्रदेशका मुख्यमन्त्रीहरु आलोपालो गर्ने र एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिने र बाँकी दुई प्रदेशको नेतृत्व गठवन्धनमा रहने अन्य दललाई दिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको बताइएको छ ।




















