काठमाडौं । संसद भवन परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिएका छन्। सभामुखले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका हुन्। उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए।
गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन्। उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए।