रसुृवा । प्रजातन्त्र दिवसको अवसरमा रसुवाको कालिका हिमालय क्याम्पसमा ०८० फागुन ७ गते नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
दुवै संस्थाको आयोजनामा हुन लागेको यो तेस्रो रक्तदान कार्यक्रम हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलगायतको उपस्थितीमा कार्यक्रम हुने र कार्यक्रमको तयरी भइसकेको स्वास्थ्यकर्मी तथा कालिका हिमालय एसएलसी २०५६ ब्याचका का बा अध्यक्ष रामप्रसाद ढकालले बताए । विकल्प रहित रगतको मुलुकमा अभाव न्यून गर्न वर्षमा कम्तीमा २ पटक रक्तदान कार्यक्रम आयोजना गरिने नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवाका अध्यक्ष प्रमिला लामाले बताइन् ।



















