काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकमा पेश हुने प्रतिवेदन विरोधाभास जस्तो देखिएको बताएका छन् ।
महासमितिको बैठकको पूर्वसन्ध्यामा आइतबार चियापान कार्यक्रममा कोइरालाले सोमबारबाट सुरु हुने महासमिति पेश हुने प्रतिवेदन थप परिमार्जन हुनुपर्ने माग गरेका हुन्।
उनले गठबन्धन गर्दा कांग्रेसको भोट घट्दै गएको दाबी गरे । उनले गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसको भोट घट्दै गएको बताए ।
उनले महासमिति सदस्यले बैठकमा गम्भीर रुपमा बैठकमा राख्न आग्रह गरे। उनले अहिलेको निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत दिन नसक्ने दाबी गरे ।
कोइरालाले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्रको सुचाङ्क राम्रो रहेको दाबी गरे पनि जनताले महसुस गर्न नसकेको दाबी गरे ।




















