काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन् ।
विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले अहिलेको संविधानमा सामाजिक न्याय सहितको अधिकार स्थापीत गरेको भन्दै यसलाई सवै मिलेर कार्यान्वयन गरिने धारणा राखेका छन् । उनले एमाले सरकारमा रहदा सामाजिक न्यायसहितको आर्थिक बिकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दावी गरेका छन् ।
महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्यबिमा सहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले बताएका छन् । ओलीले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नका लागि प्रतिवद्ध रहेको धारणा राखेका छन् । त्यस्तै उनले समाजवादले नै मुलुकलाई अघि बढाउन सकिने र सवै प्रकारका बिभेद अन्त्य गर्ने बताएका छन् ।
अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभलाई अघि बढाउने धारणा राखेका छन् ।




















