प्योङयाङ । उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्न जारी राख्दै नयाँ पुस्ताको क्रुज मिसाइलको पहिलो परीक्षण गरेको बताएको छ ।
आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले बिहीबार जनाए अनुसार पुलहवासल–३–३१ मिसाइल अझै विकासको चरणमा रहेको छ । साथै, मिसाइललाई रणनीतिकको रूपमा वर्णन गरेको छ, यसलाई आणविक हतियारहरूसँग सशस्त्र बनाउने उद्देश्यलाई संकेत गरिएको छ ।
केसीएनएले कतिवटा क्षेप्यास्त्र प्रहार गरेको हो भने खुलाएको छैन ।
‘यो परीक्षणले छिमेकी देशहरूको सुरक्षामा कुनै असर गरेको छैन्, गर्ने पनि छैन् र क्षेत्रीय अवस्थासँग यसको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधबार बिहान उत्तर कोरियाको पश्चिमी तटबाट धेरै क्रुज मिसाइलहरू प्रक्षेपण गरेको पत्ता लगाएको बताए ।
जेसिएसले यो प्रक्षेपणको विश्लेषण गरिरहेको बताएको छ, जुन जनवरी १९ मा आणविक सक्षम अन्डरवाटर आक्रमण ड्रोनको परीक्षण र प्योङयाङको पहिलो ठोस इन्धन मध्यवर्ती रेंज ब्यालिस्टिक मिसाइलको पाँच दिन अघि परीक्षण फायरिङ पछि यो परिक्षण गरिएको हो ।
बिहीबारको यो प्रक्षेपण अवस्थित मिसाइलहरूको क्षमतामा अपग्रेडको परीक्षण हो भन्ने बुझिएको छ । उत्तर कोरियाले सेप्टेम्बर २०२१ मा रणनीतिक क्रुज मिसाइलको पहिलो परीक्षण गरेको थियो ।

























