काठमाडौँ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ।
सोमवार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ।
यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।
यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । (रासस)

























