काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको वैठक आज बिहान बस्दैछ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने वैठकमा राष्ट्रियसभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने समझदारी गरेका छन् । वैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।




















