काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
सत्तागठवन्धनबाट दुई सदस्य मात्र भागवण्डामा परेपछि बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको हो ।
बागमतीमा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिएका छन् ।




















