काठमाडौँ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमवार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सत्ता गठवन्धनसँगको भागवण्डामा ६ उम्मेदवार भागमा परेपछि पछि बसेको माओवादीको पदाधिकारी वैठकले सबै ६ जनाको नाम टुंगो लगाएको हो ।
माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको महासचिव देव गुरुङले बताएका छन् ।
माओवादी सचिव देवेन्द्र पौडेलले क्लस्टरवाइज पाएको नाम टुंगो लगाएको जानकारी दिएक छन् ।


















