काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कुनैपनि देशको दूतावासबाट सिधै रकम दिने कुरा गलत भएकाले यसलाई सच्चाउनुपर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले कुनै पनि देशबाट अनुदान वा सहयोगमा रकम लिन सक्ने भएपनि दूतावासबाट रकम दिने कुरा देशको हितमा नरहेकाले सच्चाउनुपर्ने बताए ।
भारतीय दूतावासलाई २० करोडका योजनाहरु नेपालभरि सोझै बाँड्न र लागू गर्न दिने गरि भएको सम्झौता राष्ट्रिय हित विरोधी भएको उनले बताए । खनालले सरकारले योजना बनाएर देशको विकास गर्ने अधिकारलाई सुरक्षित राख्न सरकारले नसकेको तर्क गरेका छन् ।
उनले भारतीय दूतावासले सिधै रकम दिदा दुरुपयोग हुन सक्ने धारणा राखेका छन् ।


















