काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार लगाएतका बिषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधव कुमार नेपाल लगाएतलाई अधिकार दिएको छ ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसंग एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षी कै रुपमा बस्नुपर्ने बताए ।
राष्ट्रियसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ५ सीटमा अडान राखेको छ ।



















