काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री एस. जयशंकरले भेटवार्ता गरेका छन् ।
नेपालको दुई दिने भ्रमणमा रहेका विदेशमन्त्री जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बिहीबार बसेको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका जयशंकर शुक्रबार स्वदेश फर्किने छन् ।
ओलीसँगको भेटवार्ता अघि जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।



















