काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँटको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सीट बाँडफाँटका बिषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिएका छन् ।
सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका बिषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन एमालेलाई पनि समेटेर अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव पछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन । एमालेलाई सिट दिएर संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा एमालेले साथ खोजेका छन् प्रचण्ड र शेरबहादुर दउवाले ।


















