काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्विकृत भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजिनामा आज स्विकृत गरेका हुन । गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भारतीय बिदेश मन्त्री एस जयशंकरसँग शिष्टचार भेटबार्ता गरे लगत्तै उनको राजिनामा स्विकृत भएको जानकारी दिइएको हो ।
प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यको ब्याबहारसँग असन्तुष्टी हुदैँ तथा काम गर्न र गराउन नसकेको भन्दै राजिनामा दिएका थिए ।



















