काठमाडौँ । बुधबार जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले आज विहान पक्राउ गरेको छ । म्याद थपका लागि अदालत पुर्याइएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएपछि प्रहरीले खोजी गरिरहेको थियो ।
उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए । महाराजगन्ज वृत्तको टोलीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगेका बेला हिजो दिउँसो भागेका थिए ।




















