काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माइतीघरको निषेधित क्षेत्र हटाइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुझाव दिएका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै थापाले आफ्नो आवाज सरकारलाई सुनाउन माइतीघर पुगेकाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि निषेधित क्षेत्र तुरुन्त हटाउन सुझाएका हुन् ।
सोमबार बिहान मात्रै धोती दिवसको अवसरमा आयोजित र्यालीमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरी माइतीघरबाट पक्राउ गरेको छ। सरकारले निषेधित क्षेत्र तोकेको माइतीघरबाट ५३ जना पक्राउ परेका हुन् ।



















