काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ०८४ को चुनावमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको बताएका छन्।
बिहीबार जारी पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता खनालले सबै वामपन्थी शक्ति एक भएन भने गाह्रो हुने बताए।
नेता खनालले पार्टीलाई बलियो बनाउनेगरी छलफलमा जुट्न आग्रह समेत गरे । उनले केन्द्रीय कमिटी धेरै तहको भयो भन्ने कुरा आएको भन्दै यसबारे पुनरविचार गर्नुपर्ने सुझाव दिए।
कमिटीहरूको तह कस्तो बनाउने भन्ने बारेमा नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ छ।
कमिटीलाई सानो र छरितो बनाउनुपर्ने उनको सुझाव छ। नेता खनालले पार्टीका क्षमतावान र योग्य कार्यकर्तालाई माथि आउनेगरी लचिलो प्रावधान बनाउनुपर्ने उनको भनाइ छ ।



















