काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन ।
यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भएपछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन ।
प्रधानमन्त्री नियुक्ति भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्न लागेका हुन् ।



















