काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनमा तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै छ।
यसअघि भएको सुनुवाईमा दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशबाट फैसला गर्ने निर्णय अनुसार आज न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ।
गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र दुई न्यायाधीशबीच खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा राय बाझिएको थियो ।
पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे छाडिदिन सकिने राय दिएका थिए भने खरेलले जिल्ला अदालतको आदेश सदर गरी थुनामै बस्नुपर्ने राय प्रस्तुत गरेका थिए ।
आज न्यायाधीश कोइरालाले दिने राय नै कार्यान्वयनमा जानेछ ।



















