काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जिम्मेवार बहन गर्नेहरुले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताएका हुन ।
चुनावमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई कार्यान्वयन नगर्दा पनि समस्या देखिएको उनले बताए । हिजोको त्यागका अनुसार जनताले नेताहरुलाई विश्वास नगर्ने भन्दै उनले वर्तमानमा नजितामूखी काम गर्नुपर्ने जिकिर गरेका छन् ।
उनले अधिकार केन्द्रीत गर्ने भावना देखिएको भन्दै यसले सन्तुलित बिकास हुन नसक्ने बताए । तिमिल्सिनाले स्थानीय र प्रदेशको बजेटको नियन्त्रण संघबाट हुँदा पनि अहिले समस्या देखिएको धारणा राखेका छन् ।



















