काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिव डा.भरतराज गौतमले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपति पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।
गौतमले मंसिर २४ गते आइतबार पदबाट राजीनामा दिएका थिए। उनले कार्यकाल सकिन ८ महिना बाँकी रहँदा पदबाट राजीनामा बुझाएका हुन् ।
राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गर्न ढिलाइ गरेको भन्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज सचिव पद्मप्रसाद पाण्डेयलाई कार्यवाहक महासचिव तोकेका छन्।
गौतमको राजीनामा पछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिसमक्ष महासचिवमा पाण्डेयलाई सिफारिस गरेका थिए ।



















