काठमाडौं । प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको महासचिवमा सिफारिस गरिएको छ ।
महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई महासचिवमा सिफारिस गरिएको हो ।
उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन्।
गौतमको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि पाण्डेय महासचिवमा सिफारिस भएका हुन्। प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा संघीय संसदको महासचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



















