काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्न नहुने दोहोर्याएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह ‘चिनारी’ को लोकर्पण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व नै समाप्त हुने बताएका छन् । उनले गठबन्धन गर्नै परे लोकतान्त्रिक पार्टीहरूसँगै गठबन्धन गर्नुपर्ने बताएका छन् ।
देश परिवर्तन गर्नका लागि पनि नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको वताउँदै नेता कोइरालाले गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि भन्ने सोच्नुपर्ने बताएका छन् ।
यो निर्वाचन प्रणाली रहेसम्म गठबन्धन आवश्यक भए पनि त्यो चुनाव पछि हुनुपर्ने बताएका छन् । उनले भने छन् ‘गठबन्धन प्रि इलेक्शन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरूसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ? यो गम्भीर विषय छ । यो विषयलाई नेपाली कांग्रेसले गम्भीरताका साथ लिएको छ ।”
कम्युनिष्ट कम्युनिष्टसँग गठबन्धन गरेर अघि बढ्दा कांग्रेसको अस्तित्व बिस्तारै समाप्त हुने बताउँदै कोइरालाले देशकै लागि डरलाग्दो विषय हुने बताएका छन् ।




















