सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले अपवित्र गठबन्धन सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको आरोप लगाएका छन् ।
बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पुग्नुभएका अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धन सरकारका कारण देशको स्वतन्त्रता कमजोर भएको र सिमा रक्षामा चुकेको बताएका हुन् ।
देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतित ब्याजददरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काडेर देश चलाउनुपर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गरे ।
यो हामीलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने हो तर सरकारमा सहभागि दल कानमा तेल हालेर बसेको दावी गरे । अध्यक्ष ओलीले सत्ताठबन्धन दलहरुले देशमा विभाजन र बिखण्डनको बिउ रोपेको आरोप लगाए ।




















