काठमाडौं । ब्लास्ट खबर दैनिकका प्रबन्धक निर्देशक किशोर कुमार कार्की राप्रपामा प्रवेश गरेका छन् ।
नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका कार्की आज राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्कीलाई पार्टी सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेका छन् ।



















