काठमाडौं । सरकारले ७१ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्य सचिव बैकुन्ठ अर्यालले ७१ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेका थिए।
मुख्य सचिव अर्यालले निर्णय गरेपछि सदरका लागि मन्त्रिपरिषद् बैठकमा पठाइएको थियो। मन्त्रिपरिषद्को हालैको बैठकले ७१ जना सहसचिवहरूको सरुवा गर्ने मुख्यसचिवको निर्णयलाई अनुमोदन गरेको हो।




















