काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाइले पत्रकार सम्मेलन गर्दैछन् ।
भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजेदेखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन नपाएपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनको निवासमा यतिखेर पत्रकार सम्मेलनको तयारी हुदैँछ ।
सहप्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको माथीको आदेश भन्दै रोकेर राखेको छ ।



















