काठमाडौं । हमासका नेता इस्माइल हानियाले आफूहरु युद्धविरामको सम्झौताको नजिक पुगेको बताएका छन् ।
वार्ताकारहरूले ७ अक्टोबरमा कब्जामा लिएका लगभग २४० इजरायली बन्दीहरूलाई रिहा गर्न र गाजामा युद्धविराम गर्न अनुमति दिन सम्झौता गर्न काम गरिरहेका छन्, जहाँ इजरायली आक्रमणहरूमा १३ हजारभन्दा बढी मानिसहरू मारिएका छन् । इजरायली जेलमा रहेका महिला र बालबालिकासहित केही प्यालेस्टिनीको रिहाइको विषयमा पनि चर्चा भइरहेको छ ।
कतारको मध्यस्थतामा सघन रुपम वार्ता भइरहेको छ । सोमबार अमेरिकी राष्ट्रपति बाइडेनले बन्दीहरुलाई मुक्त गर्ने सम्झौता नजिकै रहेको बताएका थिए ।

























