काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल चीनबाट हिजो ( मंगलबार) राति स्वदेश फर्किएका छन्।
दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन नेपालको नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।
‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री नेपालले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ । (रासस)




















