काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले झुक्याएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाए ।
उनले जनतालाई झुक्याउने काममा सरकार निरन्तर लागेकोसमेत बताए । लामिछानेले देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै कुनै पनि गलत काम गर्नेहरूप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अब रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनको भनाइ छ। उनले नेपाल सम्वतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गरे ।




















