काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट पनि नयाँ आन्दोलनको सुरू गरिसकेको बताएका छन् ।
पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत शनिबार कीर्तिपुरको कार्यक्रममा बोल्दै आन्दोलनको सुरू गरिसकेकाले अझै अगाडि बढाउने धारणा राखेका हुन्।
उनले कति दिन प्रधानमन्त्री रहन्छु भन्नेमा आफू चिन्तित नभएको स्पष्ट पारे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको आरोप लगाए । उनले जनताको भरोसा र विश्वास जित्न सकिन्छ कि सकिँदैन त्यसतर्फ सोच्न कार्यकर्तालाई आग्रह गरे ।
उनले पदमा बस्नेभन्दा नागरिकलाई सुशासन र समृद्धि दिने विषय आफ्नो लागि ठूलो कुरा भएको धारणा राखे । उनले अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्ने जानकारी गराए।




















