काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ। बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय वनस्थलीमा बस्न लागेको सचेतक सन्तोष परियारले जानकारी दिए।
सो बैठकमा भर्खरै पश्चिम नेपालमा गएको भूकम्प र अरु समसामयिक र पार्टीको आसन्न कार्यक्रम बारे छलफल हुने परियारले जानकारी दिए ।
रास्वपाले यो बैठक मधेस प्रदेशमा गर्ने तय गरेको थियो। तर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण बैठक स्थगित भएको थियो।




















