काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ।
रिटमाथि सुनुवाइका लागि आज पेशी तोकिएपनि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले रेशमको आममाफी विरुद्ध परेको रिटलगायत सो समूहमा परेका सबै मुद्दा स्थगित भएको जानकारी दिए।
गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठमा जेलमुक्त भएका थिए। चौधरीसहित टीकापुर घटनाका दोषी ठह भइ कारागारामा रहेका १९ जना जेलमुक्त भएका थिए।




















