काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। पार्टी कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि कैलालीको धनगढीमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने तयारी गरे पनि आवश्यक तयारी नपुगेपछि पार्टी कार्यालयमै बैठक बोलाइएको उनको भनाइ छ। त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको छ।




















