काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न कसैले रोक्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नहुँदा धेरै समस्या आएको भन्दै अव कसैले विरोध गरेर वा सुतेर संशोधन नरोकिने स्पष्ट पारेका छन् ।
निश्चित समूहले संशोधन रोक्न खोजे अव सम्भव नरहेको उनको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दरवन्दी बढ्न नसकेकाले चिकित्सकको अभाव देखिएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिएको जिकिर गरेका छन् । उनले स्वास्थ्य क्षेत्रको पूर्वाधारहरु अघि बढाउन खोज्ला बजेटको समस्या देखिएको गुनासो गरेका छन् ।
त्यस्तै उनले जाजरकोट भूकम्पपछि घाइतको उपचारमा कुनै कमी हुन नदिएको भन्दै अवको ध्यान राहत र पुनस्र्थापनामा हुने बताएका छन् । प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठी तीन दिनसम्म चल्ने बागमति प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




















