काठमाडौं । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने हुनुभएको छ ।
गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझनका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान जाग्नुभएको हो ।
जसअनुसार उहाँले आज जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संबादसमेत गर्नुहुनेछ ।
शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नुहुनेछ ।
भुकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदबाब बढे पछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गर्नुभएको थियो । सो भ्रमण स्थगित भएपछि राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवलोकनमा निस्कन लाग्नुभएको हो ।
उहाँ फ्रान्स, इटली र जर्मनीको भ्रमणमा जान लाग्नुभएको थियो तर अन्तिममा भ्रमण स्थगित भएको हो ।




















