काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। उनीहरूबीच समसमायिक विषयमा छलफल भएको छ।
चिनियाँ राजदूत सोङले जाजरकोटमा गएको भूकम्पको क्षतिबारे प्रधानमन्त्रीसँग चासो राखेका थिए । उनले भूकम्प प्रभावितका लागि चीनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
चीनले भूकम्प प्रभावित क्षेत्रका लागि यसअघि नै १० करोडको राहत सामग्री दिने घोषणा गरिसकेको छ।
त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतको चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युनचङको नेपाल भ्रमणबारे पनि उनीहरूबीच छलफल भएको थियो ।
राजदूत सोङले सचिवसँगको भेट र एजेण्डाका विषयमा छलफल गरेका थिए ।




















