काठमाडौं । कोशी प्रदेश सभाको बैठक बस्दै छ।
बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ।
त्यसअघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए।
गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो ।




















