हार्बिन । चीनको उत्तरी प्रान्त हेइलोङजियाङले आइतबार हिमआँधीका लागि ‘रेड अलर्ट’ जारी गरेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।
आइतबार साँझदेखि सोमबार साँझसम्म २० मिलिमिटरदेखि ४० मिलिमिटरसम्म हिमपात र वर्षा हुने अनुमान गरिएको छ ।
प्रान्तका केही भागमा ४० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।
प्रान्तीय राजधानी हार्बिनले पनि आइतबार हिमआँधीका लागि रेड अलर्ट जारी गरेको छ । नगरपालिका शिक्षा ब्यूरोले सोमबार शहरका छ वटा मुख्य शहरी जिल्लाहरूमा किन्डरगार्टेन, प्राथमिक र माध्यमिक विद्यालय र अन्य शैक्षिक तथा प्रशिक्षण संस्थाहरूमा कक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ ।
चीनमा मौसमसम्बन्धी खतरा सङ्केतलाई सबैभन्दा बढी खतरा रातो, त्यसपछि सुन्तला, पहेंलो र निलो गरी चार तहमा व्यक्त गरिन्छ ।
(रासस/सिन्ह्वा)