काठमाडौं । सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङले नेपालमा गएको भुकम्प प्रति गहिरो चिन्ता प्रकट गरेका छन ।
जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी जनधनमाथि भएको क्षति प्रति उनले गहिरो दुःख प्रकटसमेत गरेका छन् ।
‘कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १२८ जनाले ज्यान गुमाएका छन् र दिन बित्दै जाँदा विनाशको मात्रा बारे थप जानकारी प्राप्त हुँदै जाँदा यो संख्या अझै बढ्ने देखिएको छ,’ उनले भनेका छन, ‘यस दुःखद घडीमा ज्यान गुमाउनेहरुको चिर शान्तिको कामना गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
भारतीय हिमालयन क्षेत्र भूकम्पीय क्षेत्र आइभी र भी मा पर्ने, जसले यस क्षेत्रलाई भूकम्पको उच्च जोखिममा रहदैँ आएको उनको भनाई छ । ‘भूकम्पको यो प्राकृतिक घटनालाई हामीले हाम्रा विपद् योजनाहरूमा ध्यान दिनु पर्ने कुरा हो। म प्रभावितहरूप्रति मेरो ऐक्यबद्धता व्यक्त गर्दछु र सरकारले जनतालाई छिट्टै राहत प्रदान गर्न सक्षम हुनेछ भन्ने आशा गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

























