काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न जाजरकोट प्रस्थान गरेका छन्।
प्रधानमन्त्री दाहालसँगै ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्द्धन शर्मा भूकम्प प्रभाविक क्षेत्र जाजरकोट र रुकुम पश्चिम गएका हुन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार भूकम्प प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री जाजरकोटा प्रस्थान गरेका हुन् ।
जाजरकोटमा शुक्रबार राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री दाहालसहितको स्वास्थ्य टोली त्यसतर्फ गएको हो ।




















