काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान गर्ने कल्पना पनि नगर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यक्ष नेपालले कसैको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न र वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगर्न सुझाव दिएका हुन ।
उनले देश सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम नगरेको पिडा भएका बिकल्प दिएर जनतामा आशा जगाउनुपर्ने धारणा राखेको छ ।
अहिले सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै अध्यक्ष नेपालले प्रतिपक्षले पनि आफू भित्रको कमजोरी मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले आफ्नै कारणले देशमा समस्या र चुनौतीहरु आएकाले त्यसलाई समाधान गर्न पनि सवै मिलेर लाग्नुपर्ने बताएका छन् ।




















