काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो।
बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारिले जानकारी दिए। बैठकमा संसदमा रहेको विभिन्न विधेयकहरूमाथि पनि छलफल भएको उनले जानकारी दिए ।




















