काठमाडौं । कतारका राजा नेपाल आउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम विन हमद अल थानी छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन्।
नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएलगत्तै कतारका राजा नेपाल भ्रमणमा आउने बताए। उनले यसलाई नेपालको कूटनीतिक सफलता भएको दाबी गरे ।
महासचिव गुटेरेस नेपालमा भ्रमणमा रहँदा जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे पनि छलफल हुने उनले बताए ।




















