काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुराना दलको औचित्य सकियो भन्नेहरूविरुद्ध प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताएका छन् ।
नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री दाहालले पुराना दलमाथि प्रश्न उठाउने कोसिस भएको बताए ।
उनले प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएर त्यस प्रश्नको जवाफ दिने बताए ।
उनले चियापान कार्यक्रमले राजनीतिक दलहरूलाई एकतामा बाँध्ने र राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सहयोग गरेको बताए ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ समझदारी बनेको समेत दाबी गरे ।




















