काठमाडौं । नेपाली कांग्रेसले भोलि (शनिबार) चियापान गर्ने भएको छ। दसैं, तिहार तथा छठ पर्वको अवसरमा कांग्रेस पार्टी कार्यालयमा चियापान आयोजना गर्ने भएको हो।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरिएको बताए । उनका अनुसार शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिनेछ ।
चियापान समारोहमा विभिन्न राजनीति दलका नेता, पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ ।
कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।




















