काठमाडौं । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ।
स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।
गृहमन्त्री श्रेष्ठ हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत छन् ।
बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका बेला उनलाई हृदयाघात भएको थियो । बुधबार बेलुका छाती दुखेपछि अस्पताल लगिएको थियो ।
अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।




















