काठमाडौं । नेकपा एमालेले गाजा शहरमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।
बुधबार वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएको बताएका छन् ।
उनले नेकपा (एमाले) शान्तिको पक्षमा रहेको बताए । ओलीले निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको बताए ।
ओलीले निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको बताए । उनले भने,‘जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ । ’
उनले क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्ने बताए । उनले भने,‘निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ । साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ।’ उनले सबै खाले आक्रमण रोक्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।





















